- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडाैँ। गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रमक रुपमा अघि बढाएका छन्।
मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई सक्रिय बनाएकै कारण मन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१/०८२) मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्याङ्कले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त नेपाल प्रहरीले पक्राउ गरेको थियो।
अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.०८ प्रतिशतले बढी हो।
त्यसैगरी प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा ११ हजार ९०२ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रहँदा परिणाम उत्कृष्ट आएको हो।
गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१/०८२ ) मा काठमाडाैँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ।
त्यसैगरी कोशी प्रदेश प्रहरीले ३ हजार ४ सय ८९, मधेश प्रहरीले ५ हजार ७१२, बाग्मती प्रदेश प्रहरी १ हजार ७ सय ३, गण्डकी प्रदेश प्रहरी १ हजार ४ सय ९१, लुम्बिनीले ३ हजार ९ सय ९६, कर्णाली प्रदेशले ५ सय ५६, सुदूरपश्चिम प्रदेशले ९ सय २८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ जना फरार अभियुक्त पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा रु एक अर्व, ५० करोड भन्दा बढी जरिवाना रकम समेत असुल उपर गरेको छ।
त्यसैगरी जिल्ला स्तरको फैसला कार्यान्वयनको विवरण हेर्दा काठमाडाैँ प्रहरी परिसर अग्रस्थानमा छ। जनघनत्व बढी भएको राजधानी काठमाडाैँमा हरेक दिनजसो ठुला र साना अप्रेसन चलाइरहेका काठमाडाैँ प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अधिकारीले काठमाडाैँबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका छन्।
उपलब्धि शान्ति सुरक्षामा भने सीमित छैन्। जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकत्म प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जवरजस्त उपलब्धि हासिल गरेका छन्।
काठमाडाैँ प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ।
एक वर्षको अवधिमा परिसरले काठमाडाैँबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरी बरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए।
‘काठमाडाैँ परिसरले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो’, उनले भने, ‘अहिले त्यो संख्या वृद्धि गरेर ५ हजार ५ सय ८५ पुर्याउन काठमाडाैँ प्रहरी परिसर सफल भएको छ।’
उनले आफूहरु फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरिरहेको जानकारी दिए। नेपाल प्रहरी संगठनको वार्षिक कार्य सम्पादन सम्झौताअनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा समेत राखिएको छ।
त्यस्तै, गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारीसम्बन्धी ८२ वटा मुद्दा दर्ता भएका छन्। सहकारी प्रकरणमा विभिन्न राजनीतिक दलका उच्च तहका नेताहरुसमेत कानुनको दायरामा आएका छन्। मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेका छन्।
टिप्पणीहरू: