बुधबार, १४ साउन २०८२

‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मा २० हजारले बनाए टिकटक


काठमाडौं । चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ । डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो ।

तीजको यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेका छन् निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् ।

युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए ।

“नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,” उनले भने, “हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।”

गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।

गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।

निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्नेछ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ ।

‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ