- असार ०६, २०८०
 
                               
एजेन्सी । तेलङ्गानाको रंगारेड्डी जिल्लाको हैदराबाद–बिजापुर राष्ट्रिय राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ग्राभेलले भरिएको डम्फरले तेलङ्गानाको रंगारेड्डी जिल्लाको हैदराबाद–बिजापुर राष्ट्रिय राजमार्गमा तेलङ्गानाको सडक यातायात निगम (टीआरटीसी) को बसलाई ठक्कर दिएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
स्थानीय मिडिया रिपोर्टका अनुसार बस तन्दुरबाट हैदराबाद जाँदै थियो । बसमा ७० भन्दा बढी यात्रु थिए, जसमध्ये धेरैजसो कलेजका विद्यार्थीहरू थिए । उनीहरू आइतबारको बिदामा घर गएका थिए र कलेज पढ्न हैदराबाद फर्किरहेका थिए ।
चेभेल्ला प्रहरी चौकी क्षेत्रको खानपुर गेट नजिकै गलत दिशाबाट आउँदै गरेको डम्परले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठोक्किँदा बसमा ठूलो क्षति पुगेको थियो भने डम्फरमा लोड गरिएको गिट्टी बस भित्र रहेका यात्रुहरूमाथि खसेको थियो ।
 
टिप्पणीहरू: