सोमबार, १२ साउन २०८२

सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै हराए


तस्विर साैजन्य : गाेकर्ण भुजेल

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । उनीहरु हराएकाे जानकारी पाए लगत्तै प्रहरीले खोजतलास सुरु गरेको छ ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको स्थानीय गाेकर्ण भुजेलले सामाजिक सञ्जाल फेशबुक मार्फत जानकारी दिएका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी सिन्धुलीका अध्यक्ष समेत रहेका भुजेलले 'सहयोगको अनुरोध' भन्दै लेखेका छन् 'गोलान्जोर गाउँ पालिका वडा न: ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी  भन्ने स्थानमा बसोबास  गर्ने उर्मिला हायुको सम्पूर्ण  १६ जना  परिवार  सम्पर्क विहीन भएका छन् ।  घरमा  हल्का क्षति भएको  र बाख्रा, कुखुरा,भैँसी अलपत्र अवस्थामा रहेका छन् ।'  

सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ