बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



हेटौँडा बजार क्षेत्रको सडक सीमा भित्र बनेका भाैतिक संरचना खाली गराउन १५ दिनको अल्टिमेटम
शुक्रबार, २२ जेठ २०८३

हेटौँडा बजार क्षेत्रको सडक सीमा भित्र बनेका भाैतिक संरचना खाली गराउन १५ दिनको अल्टिमेटम


मकवानपुर । हेटौँडा बजार क्षेत्रको सडक सीमा भित्र बनेका भाैतिक संरचना खाली गराउन १५ दिनको अल्टिमेटमसहित सूचना सार्वजनिक भएकाे छ ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भएसंगै साे सूचना सार्वजनिक भएकाे हाे ।

सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सीमा खाली गराउन पटकपटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन सूचना आव्हान गरेको हो । सडकको दायाँबायाँ २५-२५ मिटरमा रहेका व्यक्ति तथा व्यवसायिक गतिविधिका ती संरचना नहटाए डिभिजन कार्यालयले हटाउने र त्यसको लागत सम्बन्धितले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले पनि हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँबायाँ क्षतिपूर्ति नपाउने फैसला गरिसकेको छ । साथै अतिक्रमण हटाउन प्रकाशित सूचनाविरुद्ध परेका रिट खारेज भएकाले त्यस्ता संरचना स्थायी/अस्थायी घरटहरालगायत अन्य संरचना हटाउन सडक डिभिजनले आग्रह गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ